नियम ६
गैर–नेपाली नागरिकलाई चियाबगानको काममा लगाउन सकिने अवस्था
: (१) ऐनको दफा ४ को उपदफा (१) बमोजिम चियाबगानको काममा लगाउन दक्ष नेपाली नागरिक उपलब्ध हुन नसकेमा त्यस्तो चिया बगानमा व्यवस्थापकले सम्बन्धित श्रम कार्यालयको सिफारिसमा श्रम विभागको स्वीकृति लिई एकपटकमा बढीमा दुई वर्षसम्मको लागि कुनै दक्ष गैर–नेपाली नागरिकलाई करारमा नियुक्ति गरी काममा लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमाजिम गैर–नेपाली नागरिकलाई काममा लगाउने व्यवस्थापकले त्यस्तो गैर–नेपाली नागरिकले गरेको काममा नेपाली कामदार वा कर्मचारीहरुलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नु पर्नेछ ।